हरेक निर्णय र राजनीतिक कदमको रक्षाकवच बन्दै आएका प्रदीप ज्ञवालीले यसपटक ओलीले भाग लगाइदिएको उपाध्यक्ष पद लिन चाहेनन् । महासचिव पदका लागि अविश्वास गरेपछि उनले ओलीको निर्णयप्रति 'मौन विद्रोह' गरेका छन् ।