मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मङ्सिर २९ गते अर्थात आज नियुक्ति र कार्यविभाजनसहित मन्त्रिपरिषद् विस्तार गरिएको उल्लेख छ । सो विज्ञप्तिमा मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भौतिक पूर्वाधार विकास मन्त्रालय भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खेलकुद तथा समाज कल्याण मन्त्रालय गृह, ...