काठमण्डौ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने बढेको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १ सय ४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलका लागि १ सय ४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय...