नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ । ११ औं महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । त्यसैगरी, य...