नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै अब मंगलबार दिउँसो १ बजेदेखि मतदान हुनेछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाले सार्वजनिक गरको अन्तिम नामावली अनुसार पदाधिकारी, केन्द्रीय कमिटी र विभिन्न आयोगहरूमा गरी कुल ६६६ जना नेता–कार्यकर्ताहरू चुनावी प्रतिस्पर्धामा होमिएका छन्। पार्टीको पदाधिकारीका लागि मात्रै ४२ जनाको उम्मेदवारी कायम भएको छ। महाधिवेशनको सर्वाधिक चासोक...