नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ११ औं महाधिवेशन अन्तर्गत मंगलबार हुने निर्वाचनमा केपी शर्मा ओलीको समूहलाई मतदान गर्न अपिल गरेका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् एक अपिल जारी गर्दै ओलीले अगुवाइ गरेको सिङ्गो टिमलाई शानदार मतका विजयी बनाउन भनेका छन् । उनले मंगलबार महाधिवेशनको सर्वाधिक महत्त्वपूर्ण र निर्णायक क्षण रहेको समेत बताएका छन् । ‘नेकपा (एमाले)को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओली...