प्रतिनिधिसभा सदस्य चुनावको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ को प्रतिनिधिसभा सदस्य चुनावको पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति दिएको छ । आयोगले २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिएको हो । आयोगले पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन आह्वान गरेकोमा ४४ वटा राष्ट्रिय र पाँच वटा अन्तरराष्ट्रिय संस्थाबाट निवेदन प्राप्त भएका जनाएको छ । पर्यवेक्षणका लागि आवेदन गरेका संस्थामध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका ३१ संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिने ...