काठमाण्डौ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दर्ता भएको उम्मेदवारीमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध हुनुभएको छ । प्रदेशबाट महिला केन्द्रीय सदस्य ३ जना निर्वाचित हुने भएकाले ३ जनाको मात्रै उम्मेदवारी परेका कारण उहाँहरु निर्विरोध निर्वाचित हु...