प्रधान सेनापतिलाई आयोगको २२ प्रश्नदेखि एमालेको ओली समूहमै विवादसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ।  काठमाडौंमा जारी महाधिवेशनमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ता, संशोधन, दाबी विरोध र उम्मेदवारी फिर्ताको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गरेको हो। आयोगका अध्यक्ष डा विजय सुब्बाद्वारा हस्ताक्षरित तथा सार्वजनिक अन्तिम ...