काठमाण्डौ – आज गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । देशका अरू बाँकी भागमा मुख्यतया मौसम सफा छ । अहिले नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ । आजराति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको छ ।