अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेअनुसार अमेरिकी डलरको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै युरोपियन युरो एकको खरिददर १ सय ७० रुपैयाँ २० पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ९० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ९४ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद...