काठमाण्डौ – झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो । गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभ...