राजेन्द्र गौमतले फिर्ता लिए उपमहासचिवको उम्मदेवारी, ओली समूहका लागि मागे भोट

नेकपा एमालेका नेता राजेन्द्र प्रसाद गौतमले आफ्नो उम्मेदवारी फिर्ता  लिएका छन् ।  यसअघि प्रचार विभाग प्रमुख समेत रहेका गौतमले जारी ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा एक अपिल जारी गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको गौतमले बताएका छन् । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी अन्तिम नामावलीमा गौतमको नाम यथावत् छ । किनकी उनले सोमबार उम्मेदवारी फिर्त...