काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशमा पढ्न जानेबाट ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्ष चार महिनामा शिक्षातर्फ ३२ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको यस वर्ष त्यही अवधिमा झनै बढेको हो । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनाका चालू आर्थिक वर्षको चार महिनामा झण्डै १० अर्ब बढी रकम शैक्षिक गतिविधिका लागि देशबाट बाहिरिएको हो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ...