अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्लिनमा प्रमुख नेताहरूसँग भएको वार्तापछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता ‘अहिलेसम्मकै सबैभन्दा नजिक’ पुगेको बताएका छन् । तर, केही अधिकारीहरूले भू-भाग (क्षेत्रीय) विषयमा अझै पनि गम्भीर मतभेद कायम रहेको बताएका छन् । सोमबार ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा फ्रान्स, जर्मनी, बेलायत र नाटोका नेताहरूसँग लामो र निकै राम्रो वार्ता गरेको बताए । ‘हामीलाई युरोपेली नेताहरूबाट जबर्जस्त समर्थन मिलिरह...