कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा

दिगो विकासका लक्ष्य प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपमार्फत टेवा पुर्‍याउन अग्रसर कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ ।  दिगो, समावेशी तथा जिम्मेवार बैंकिङको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध बैंकले जीआईजेड, ग्लोबल ग्रीन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाद्वारा व्यवस्थापना तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET4NPL) परियोजना अर्न्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो । यस योजना अन्तर्...