गीतकार नारायण खतिवडाको नयाँ गीत ‘पिएँ पिएँ भन्छ्यौ तिमी’ सार्वजनिक

गीतकार नारायण खतिवडाको शब्दमा नेपाली समाजको विद्यमान अवस्थाको चिरफार गर्दै प्रतिकात्मक साहित्यको झल्को दिने नयाँ गीत ‘पिएँ पिएँ भन्छ्यौ तिमी’ सार्वजनिक भएको छ । नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको यस गीतमा संगीत तथा गायन मनोज साङ्सोन राईको रहेको छ । गायनमा उनलाई गायिका सारिका घिमिरेले साथ दिएकी छन् । गीतमा गहिरो सन्देश पनि समेटिएको छ । आजको भागदौडपूर्ण समाजमा मानिस खुसी र सुख खोज्दै भौतारिरहेको देखिन्छ, तर वास्तविक खुसी र सुख त आफैंभित्र हुन्छ भन्ने मूल भाव गीतले व्यक्त गर्दछ । ‘...