सुनकोशी मरिण डाइभर्सनसहित सिँचाइका २२ रूग्ण ठेक्का तोडियो

ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रूग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ ।  ठेक्का तोडिएका आयोजनाको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रूपैयाँ रहेको छ ।  बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषा अन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रूग्ण ठेक्का तोडिएको हो ।  भेरी बबईको १ करोड ७६ लाख रूपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रूपैयाँ बराबरको ठेक्का तोडिएको छ ।  ऊर्जा, जलस्रोत तथ...