नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा बन्दसत्र जारी छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार दिउँसो ३ बजेदेखि मतदान हुने कार्यक्रम छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । ३०१ केन्द्रीय कमिटीमा निर्वाचित हुने महाधिवेशनमा नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । नेता कार्यकर्ता बिहानैदेखि प्रतिनिधिहरूसँग मत मागिरहेका छन् । यस्तैमा गायिका ज्योती मगर पनि महाधिवेशनस्थल पुगेकी छन् । उनले एमाले नेताका लागि मत मागिरहेकी छ...