हिजो कीर्तिमान बनाएको सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो

काठमाण्डौ – हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ६० हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ३ हजार ८ सय ७० रुपैयाँ थियो ।