परम्परागत एसेस शृंखलाअन्तर्गत अस्ट्रेलिया र इङ्ल्यान्डबीचको तेस्रो टेस्ट बुधबारदेखि एडलेइड ओभलमा शुरू हुँदैछ । उक्त टेस्टमा अस्ट्रेलिया र इङ्ल्यान्ड दुवै टोलीका खेलाडी पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लने भएका छन् । आइतबार सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीकाण्डमा परी जीवन गुमाउनेहरूको सम्झनामा दुवै टोलीका खेलाडी हातमा कालो पट्टी बाँधेर मैदानमा ओर्लन लागेका हुन् । उक्त गोलीकाण्डमा १५ जनाको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए । एडलेइड ओभल स्टेडियममा राखिएको झण्डा पनि आधा झुकाइने भएको छ । यसैगरी...