एमाले महाधिवेशन- मतदान सकिएलगत्तै गणना शुरू हुने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुने मतदानलगत्तै मतगणना हुने भएको छ । जारी ११ औं महाधिवेशन अन्तर्गत मंगलबार दिउँसो ३ बजेदेखि मतदान गर्ने तयारी छ ।  एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार मतदान सकिएलगत्तै मतगणना शुरू हुनेछ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछन् । मतदान सकिन कम्तीमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ । एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली  र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर मैदानमा छन् । एमाले नेता कार्य...