नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेल समूहले पनि आफ्नोतर्फको सूची तयार पारेको छ । पोखरेल समूहले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका अग्नि खरेललाई समेत समेटेर प्यानल बनाएको हो । विगतमा केपी ओलीका अति निकट मानिएका खरेल पदाधिकारीको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । पोखरेल समूहले उनलाई आफ्नो सूचीमा राखेका हुन् । पछि स्वतन्त्र उम्मेदवारी दिएका उपाध्यक्षका उम्मेदवार टंक कार्की र उपमहासचिवमा उम्मेदवारी दिएका आनन्द पोखरेल पनि पोखरेल समूहमा परेका छन् । पोखरेल समूहबाट उपाध्यक्षमा अरुण ने...