रुखबाट लडेर युवकको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–७ मा रुखबाट लडेर आज बिहान एक युवकको मृत्यु भएको छ । स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । रुखबाट लडेर गम्भीर घाइते भएका लामालाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनक...