कप्तान प्याट कमिन्स र अनुभवी स्पिनर नाथन लियोन इङ्ल्यान्डविरुद्धको तेस्रो एसेस टेस्टका लागि अस्ट्रेलियन टोलीमा फर्किएका छन् । तेस्रो टेस्ट बुधबारदेखि एडलेइड ओभलमा शुरू हुँदैछ । दोस्रो टेस्टमा कमिन्स र लियोन दुवै अस्ट्रेलियन टोलीमा थिएनन् । दोस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर माइकल नेसरलाई भने तेस्रो टेस्टका लागि प्लेइङ–११ मा स्थान दिइएको छैन । माइकल नेसरले दोस्रो टेस्टको पहिलो पालीमा एक र दोस्रो पालीमा पाँच विकेट लिएका थिए । अर्का तीव्र गतिका बलर ब्रेन्डन डजेटलाई पनि तेस्रो टेस्टमा स्थान दिइए...