बिलबिजकविनाका सामानसहित १ जना पक्राउ

बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायब महानिरीक्षक मनीष थापाले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–४ स्थित बाह्रबीसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । सोही जिल्लाको बाह्रबीसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर...