तस्करले म्यानमार पुर्‍याएका युवाको कहानी– 'स्क्याम' गर्न नमान्दा करेन्ट लगाएर यातना

वैदेशिक रोजगारीमा जाने चाहना राखेका तीन नेपाली युवा मानव तस्करको जालोमा परेर म्यानमार पुगी निकै दु:ख पाएको तथ्य बाहिर आएको छ । पीडित युवाहरूले हालै मात्र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका छन् । पीडितले प्रहरीमा दिएको जाहेरीअनुसार सेल्स एन्ड मार्केटिङको काममा लगाउने भन्दै उनीहरूसँग जनही डेढदेखि दुई लाख रुपैयाँ लिएर नेपालबाट भारत, थाइल्यान्ड हुँदै म्यानमार पुर्‍याइएको थियो । त्यहाँ जबरजस्ती अनलाइन ‘स्क्यामिङ’मा लगाइयो । गोकर्णेश्वर नगरपालिका– ५ झोगालस्थित आईशा ख...