नेकपा एमालेको महासचिवका आकांक्षी रहेका प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बनेका शंकर पोखरेलसँग सँगै देखिएका छन् । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा ज्ञवाली शंकर सँगै देखिएका हुन् । केपी शर्मा ओली समूहबाट उपाध्यक्षका उम्मेदवार बनाउन प्रस्ताव गरिए पनि ज्ञवालीले अस्वीकार गरेका थिए । अन्तिमसम्म महासचिवमा दावी गरेका ज्ञवालीले त्यो नपाएपछि केन्द्रीय सदस्यमा नोमिनेशन गरेका थिए । पोखरेललाई महासचिवको उम्मेदवार बनाएपछि ज्ञवाली असन्तुष्ट बनेका थिए । तर, मंगलवार बिहानै सामाजिक सञ्जालमा सन्देश लेखेर ज्ञवालीले ओली ...