नेकपा एमालेको नेतृत्व चयनका लागि हुने मतदान रातिको समयमा नगर्न नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहले आग्रह गरेको छ । मंगलबार ढिलो हुने भएकोले बुधबार बिहानैदेखि मतदान गर्न सो समूहले केन्द्रीय निर्वाचन आयोगसँग आग्रह गरेको हो । आयोगले भने मंगलबार नै मतदान सम्पन्न गर्ने तयारी गरेको छ । दिउँसो ३ बजे शुरू गर्ने भनिए पनि ढिलोमा ५ बजेसम्ममा शुरू गर्ने आयोगको तयारी छ । ‘राति मतदान नगर्ने प्रस्ताव पनि आएको छ । हामी जतिखेर पनि मतदान शुरू गर्नुपर्छ भनेर लागि परेका छौं,’ आयोगक...