भू-सेवा 'अनलाइन सिस्टम'मा दिनकै उही सास्ती, चाहिएकै बेला किन जान्छ सर्भर ?

गत मंसिर २४ गते (बुधबार) भूमि व्यवस्थापन तथा अभिलेख विभागमा कार्यालय समय १० बजेदेखि २ बजेसम्म ल्यान्डलाइन नम्बर ०१-५३२००२८ को घण्टी निरन्तर बजेको बज्यै गर्‍यो । विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई ती फोन उठाउन भ्याइनभ्याइ थियो । एउटा फोन उठाएर कुरा गरिसक्यो कि अर्को फोन आइहाल्ने । हरेकपटकको फोनमा ती महिला कर्मचारीले दिने जवाफ एकनासको हुन्थ्यो । 'जीआईडीसीमा बत्ती गएको कारण सर्भर नचलेको हो, अब एकपटक रिस्टार्ट गरेर लगइन गर्नुस्, काम हुन्छ । एकैपटक सयौं युजरले लगइन गर्दा स...