जाडो मौसम सुन्दर हुन्छ, तर यसले हाम्रो छालामा धेरै असर गर्छ। घट्दो तापक्रम र हावामा आद्रता कम हुँदा छालाको ओसिलोपन गुम्दै जान्छ । यसले गर्दा छाला सुख्खा हुने, चिलाउने, फुस्रो देखिने र रुखोपन बढ्ने समस्या देखिन्छ । त्यसैले जाडोमा सही स्किनकेयर प्रोडक्ट छनोट गर्नु निकै आवश्यक हुन्छ । तर यसको अर्थ धेरै प्रोडक्ट प्रयोग गर्नुपर्छ […]