काठमाण्डाै – चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गएको मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गर्न सकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ बराबर मात्रै पूँजीगत खर्च भएको छ । यस वर्षका लागि पूँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबर विनियोजन भएको थियो । चालूगततर्फ ११ खर्ब ८० अर्ब ९८ करोडको वार्षिक विनियोजन रहेकोमा अहिलेसम्म ३३ दशमलव ७ प्रतिशत अर्थात् तीन खर्ब...