योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ​लिएका हुन् ।​  त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेकी हुन् । कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सर...