आईपीएल इतिहासकै महँगा विदेशी खेलाडी बने क्यामरुन ग्रीन

काठमाण्डाै – अस्ट्रेलियाका क्रिकेटर क्यामरुन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा चलिरहेको आईपीएल अक्शनमा कोलकाता नाइट राइडर्सले २६ वर्षीय ग्रीनलाई २८ करोड २० लाख भारुमा टोलीमा अनुबन्ध गरेको हो । यसअघि सन् २०२४ को अक्शनमा कोलकाताले अस्ट्रेलियाकै मिचेल स्टार्कलाई २४ करोड ७८ लाख भारुमा अनुबन्ध गरेको थियो । यस्तै कोलकाताले आईपीएल २०२६ को अक्शनमा दोस्रो सबैभन्दा महँगो खेलाडीका रूपमा श्रीलङ्काका तीव्र गतिका बहर मथेशा पा...