एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

एनएमबि बैंकले आफ्ना ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको शुरूआत गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्रयाक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको शुरूआतसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । बैंकमा कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपश्चात् ग्राहकले एउटा 'ट्रया​किङ नम्बर' प्राप्त गर्नेछन् । सो नम्ब...