एमाले महाधिवेशन : बेलुका ७ बजेपछि मात्रै मतदान शुरू हुने

काठमाण्डाै – नेकपा एमालेको नयाँ नेतृत्वका लागि बेलुका ७ बजेपछि मात्रै मतदान शुरू हुने भएको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले सूचना निकालेर बेलुका ७ बजेदेखि मतदान शुरू हुने जानकारी गराएको हो । यसअघि बिहान १२ बजेदेखि मतदान शुरू हुने कार्यतालिका तय भएको थियो । तर तयारी पूरा नभएको भन्दै आयोगले निर्वाचन कार्यतालिका संशोधन गरेको हो । मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला गरी प्राप्त भएकाले मेशिनमा इन्ट्री गराउन समय लागेको रामलक्ष्मण इनोभेसन प्रालिले जनाएको छ । आयोगको सूचनामा भोलि बिहान १ बजेसम्म मतदा...