सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो । वार्तामा सरकारकोतर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेको सञ्चार मन्त्रालयले जनाएको छ । आजको वार्ताको निचोडपछि अभियानको संयोजक द...