हिमाल सफा राख्न नयाँ रणनीति : बहन क्षमता हेरेर आरोही संख्या तोकिने

सरकारले सगरमाथा सहित हिमालमा फोहोर व्यवस्थापनमा कडाइ गर्ने, धरौटी हटाउने, प्रविधिको अधिक प्रयोग गर्ने, जनशक्ति विकासमा प्राथमिकता दिने र फोहोर विसर्जनमा कडाइ गर्नेसम्मका कार्यक्रम/क्रियाकलाप समेटेर नयाँ कार्ययोजना (२०८२/८६) ल्याएको हो ।