राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको बैठक यही पुस दोस्रो साता बस्ने भएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा अध्यक्ष दाहालले बैठक बोलाउने तयारी भइरहेको र पुस दोस्रो साता वा १२ गतेभित्रै बस्ने बताए । उनले भने, “मैले ठेकेदारलाई जतिसक्दो चाँडो काम पूरा गर्नु भनेको छु, मलाई लाग्छ, अब छिट्टै हल तयार हुन्छ, अब पुसको १२ गते बैठक बोलाउँछु ।” मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै बनिरहेको सङ्घीय संसद् भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ...