राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ आफ्ना पुराना सांसद तथा नेताहरूलाई नदोहोर्याउने कठोर नीति लिएको छ। पार्टीले जेन-जी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई अवसर दिने उद्देश्यले यस्तो निर्णय गरेको हो। राप्रपा संसदीय समितिको बैठकले तय गरेको मापदण्डअनुसार महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले मंगलबार देशभरका जिल्ला कार्यसमितिहरूलाई परिपत्र जारी गर्दै उम्मेदवार सिफारिसबारे निर्देशन दिएका छन्। राप्रपाले जारी गरेको परिपत्रमा समानुपातिक उम्मेदवार सिफारिस गर्...