काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सन् २०२६ को मिनी अक्सन हिजो यूएईको अबुधाबीमा सम्पन्न भएको छ । अक्सनमा एक सय ५६ खेलाडीमाथि बोली लगाइएको छ । १० टोलीले कूल दुई अर्ब १५ करोड लाख भारतीय रुपैयाँ अर्थात ३ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ खर्च गर्दै ७७ खेलाडी अनुबन्ध गरेका छन् । तीमध्ये २९ विदेशी र ४८ भारतीय खेलाडी छन् । आईपीएल २०२६ को शुरूआत मार्च २६ देखि हुनेछ । अस्ट्रेलियाली अलराउन्डर क्यामरन ग्रीन आईपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भ...