आज बुधबार ललितपुर महानगरपालिकाले आफ्नो सेवा स्थगित गरेको छ । महानगरपालिकाको १०७ औं स्थापना दिवस बुधबार परेकाले महानगरले नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरेको हो । दमकल, एम्बुलेन्स, शव वाहन सेवा भने यथावत् रूपमा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिएकी छन् ।