नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मंगलबारका लागि तय भएको मतदान अन्तिम समयमा आएर बुधबार बिहान ८ बजेका लागि सारिएको हो । निर्वाचन आयोगले तयार गरेको उम्मेदवार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः युनिकोडमा रूपान्तरण र रुजु गर्न समय लाग्ने प्राविधिक समस्या उत्पन्न भएपछि मतदान सारिएको महासचिव शंकर पोखरेलले बताएका छन् । त्यही कारण आयोगको निर्देशनअनुसार मतदान बुधबार बिहानबाट शुरू गर्नेगरी मंगलबार स्थगित गरिएको उनको दाबी छ । एमालेको मतदान मंगलबार दि...