आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल

एमाले महासचिव पदका उम्मेदवार शंकर पोखरेलले मंगलबारको मतदान आजका लागि सार्न वरिष्ठ उपाध्यक्ष (अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल)ले आयोगलाई अनुरोध गरेको बताएका छन्। उनले सबै प्रतिनिधिलाई आज बिहान ८ बजेदेखि अधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित हुन अनुरोध गरेका छन्। उनले आज मत हाल्न आउने प्रतिनिधिका लागि खाजा तथा खानाको व्यवस्था गरिएको पनि सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।  उनले लेखेका छन्, 'निर्वाचन आयोगले तयार गरेको उम्मेद्वार नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग भएकाले त्यसलाई पुनः यु...