त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ५१औं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा ल्याई पदकका लागि योग्य ठहरिएका विद्यार्थीहरूको सूची बुधबार प्रकाशित गरिएको हो। त्रिविले आगामी पुस १० गते बिहीबार ५१औं दीक्षान्त समारोह आयोजना गर्दैछ। सोही समारोहमा वितरण गरिने पदक तथा पुरस्कारका लागि विश्वविद्यालयले एम.फिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याउने विद्...