गत मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनाका लागि अध्ययन समिति गठनको निर्णय गर्यो । मन्त्रिपरिषद्ले नेप्सेको पुनर्संरचनाका लागि अध्ययन गरी सुझाव समिति उक्त समिति गठन गरेको थियो । नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले हाल अध्ययन गरिरहेको छ । ४५ दिनभित्रै सुझवसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएको समितिले अहिले आफ्नो कामलाई तीब्र पारिरहेको छ । तर, नेप्सेको पुनर्संरचनाका लागि समिति गठन गरिएको यो पहिलो पटक भने होइन । यसअघि पनि प...