कर्तव्य ज्यान मुद्दाका १ जना फरार प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  उदयपुर प्रहरीका अनुसार कटारी नगरपालिका वडा नं. ४ तित्रिबोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाइएको छ। कटारी नगरपालिका वडा नं. १० माइतीघर भई विवाह गरी हाल जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नं. ७ डम्बरखाडी बस्ने ३३ वर्षीया मञ्जु खत्री कार्कीलाई उदयपुर जिल्ला अदालतको फैसलाले ५ महिना ३ दिन कैद र दश रुपैयाँ जरिबाना तोकिएको प्रहरीको भनाइ छ । सोहीअनुसार उनी पक्राउ परेकी ह...