नेतृत्व छान्न एमालेमा मतदान हुँदै, लाइन लागे मतदाता

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । बुधबार बिहान मतदानको समय तय भएको छ । प्रतिनिधिहरू भृकुटीमण्डपस्थित मतदानस्थलमा पुगिसकेका छन् । उनीहरू लाइनमा लागेका छन् । मतदानमा सहभागी हुने प्रतिनिधिका लागि एमालेले बिहानको खाजा र खानाको व्यवस्था भृकुटीमण्डपमै गरेको छ । मंगलबार हुने भनेको मतदान प्राविधिक कारण देखाउँदै बुधबारका लागि सारिएको थियो । मंगलबार मतदाता लाइनमा लागिसकेका बेला मतदान स्थगित गरिएको थियो । एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्...