एमाले महाधिवेशमा रुपन्देहीबाट २ पदाधिकारीसहित १७ उम्मेदवार

नेकपा एमालेको जारी एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा रुपन्देहीबाट दुई पदाधिकारीसहित १७ जना नेता चुनावी मैदानमा उत्रिएका छन् । जिल्लाबाट उपाध्यक्षमा विष्णुप्रसाद पौडेल र सचिवमा छविलाल विश्वकर्मासहितका नेता चुनावी मैदानमा होमिएका हुन् । अधिकांश युवा र नयाँ पुस्ता केन्द्रीय सदस्यमा लागि उम्मेदवार बनेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे बताउँछन ।  यसअघि उपाध्यक्ष र सचिव नै रहेका पौडेल र विश्वकर्मा उही पदमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टीमबाट प्रतिस्पर्धामा छन् ।  त्यस्तैगरी, युवा नेता खिमलाल भट्टराई, गो...