एमालेमा ११ केन्द्रीय सदस्य सर्वसम्मत, हर्क साम्पाङले पक्राउ परेका उपाध्यक्षको बचाउ नगर्ने

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका मध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनहरू सर्वसम्मत निर्वाचित बनेका हुन् । यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष प...